सोमालियामा छ सयभन्दा बढीको हत्या
काठमाडौं (एजेन्सी) । सोमालियामा यसै वर्षको जनवरीदेखि यता मात्र छ सयजना भन्दा बढीको हत्या भएको एक राष्ट्रसङ्घीय अधिकारीले जनाएका छन् । उनका अनुसार यहाँ गएको १० महिनामा मात्र छ सय १३ जना सर्वसाधारणको हत्या भएको छ ।
संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार सम्बन्धी उच्चायुक्त भोल्कर टर्कले सो कुराको जानकारी दिएका हुन् । उनले यस वर्ष यहाँ सर्वसधारणको हत्या झनै बढेको छ । यहाँका नागरिकको मानव अधिकारको हनन् भएको र उनीहरुको हत्याको अवस्था झन् बढेको भन्दै उच्चायुक्त टर्कले यो निकै नै दुःखद अवस्था भएको पनि जानकारी दिए ।
सोमबार प्रकाशन गरिएको विज्ञप्तिमा उनले अझै कति सोमालियाली सर्वसाधारण नागरिकको ज्यान जाने हो भन्ने निश्चित नरहेको र यो अवस्था भनेको निकै नै दुःखद अवस्था हो भन्दै यहाँको हिंसाको अन्त्यको बाटो खोज्न पनि सुझाए ।
सोमालियाका अल सेबाब हिंसात्मक विद्रोहीहरुले पछिल्लो समयमा नागरिक हत्याको शृंखलालाई झन् बढाएको देखिएको पनि उनले बताए । यहाँका विद्रोहीहरुले विस्फोटक पदार्थको प्रयोग गरेर नागरिकको हत्या गर्ने गरेका उनले बताए । उनले अल सेबाब विद्रोहीहरुले करिब ९४ प्रतिशत हत्या यस्ता विस्फोटक पदार्थको प्रयोगबाट गर्ने गरेका र त्यसपछि उनीहरुले आत्मघाती हमला पनि गर्ने गरेका पाइएको उनले जानकारी दिए ।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया