विष मिसिएको स्यानिटाइजर नेपालमा बिक्री गर्दै भारतीय कम्पनी
काठमाडौं । भारतको एक कम्पनीले नेपालमा विषाक्त स्यानिटाइजर बिक्री वितरण गरेको पाइएको छ । कुञ्जपुरा कर्नलमा रहेको भारतीय कम्पनी ग्लोबल हेल्थकेयरले विषाक्त मेथानल मिसिएको स्यानिटाइजर नेपालमा बिक्री गरेको हो । गुणस्तरहीन स्यानिटाइजर बजारमा बिक्री वितरण गरेको पुष्टि भएसँगै विभागले त्यसको बिक्री वितरण रोकेर फिर्ता गर्न निर्देशन दिएको छ ।
ग्लोबलको ब्याच नं. केयर–११–२२ को सिजिएच ह्याण्ड स्यानिटाइजर ५०० एमएल गुणस्तरहीन रहेको गुनासोपछि औषधि व्यवस्था विभागले नमुना संकलन गरेर राष्ट्रिय औषधि प्रयोगशाला, काठमाडौंमा परीक्षण गरेको थियो । नतिजामा उक्त स्यानिटाइजरमा विषाक्त पदार्थ मिथानल भेटिएको विभागले जनाएको छ ।
जनवरी २०२२ मा उत्पादन गरेर डिसेम्बर २०२४ सम्म म्याद राखिएको स्यानिटाइजर गुणस्तरहीन पुष्टि भएपछि विभागले फिर्ता गर्न निर्देशन दिएको छ । औषधि ऐन २०३५ को दफा १४ अनुसार ग्लोबल हेल्थकेयरको ह्याण्ड स्यानिटाइजर बजारबाट फिर्ता (रि–कल) गर्न निर्देशन दिएको विभागले जनाएको छ । साथै विभागले यो स्यानिटाइजर प्रयोग नगर्न र फिर्ता गरिएको विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग, आयातकर्ता र तिनका प्रतिनिधिलाई आग्रह गरेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया