दोस्रो खेलमा नेपाललाई लगातार दुई सफलता
काठमाडौं । दोस्रो एकदिवसीय खेलमा नेपालले युएईविरुद्ध लगातार २ सफलता हात पारेको छ । टस जितेर पहिलो ब्याटिङ गरेको युएईले १२ ओभरमा ७२ रन जोड्दा पहिलो विकेट गुमाएको छ ।
११.५ ओभरमा ३९ बलमा २५ रन बनाएर खेलिरहेका भ्रित्या अरविन्दलाई दीपेन्द्रसिंह ऐरीले सोमपाल कामीबाट क्याचआउट गराएका हुन् ।
१४.६ ओभरमा ४६ बलमा ५० रन बनाएर खेलिरहेका मोहम्मद वसिमलाई ललित राजवंशीले आउट गरे । युएइले १६ ओभरमा ८४ रन कटाएको छ ।
यस अघि पहिलो खेलमा युएईले नेपालविरुद्ध ८४ रनको फराकिलो जित दर्ता गरेको थियो ।
तीनमध्ये आज दोस्रो एकदिवसीय खेल कीर्तिपुरस्थित मैदानमा भइरहेको हो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया