राष्ट्रपतिको आगामी निर्वाचनमा उम्मेदवारी दिने ट्रम्पको घोषणा
काठमाडौं (एजेन्सी) । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
फ्लोरिडाको मार–ए–लागो रिसोर्टमा उपस्थित भीडलाई सम्बोधन गर्दै ट्रम्पले ‘अमेरिकालाई फेरि महान् र गौरवान्वित बनाउन आफूले उम्मेदवारी घोषणा गर्न लागेको बताए ।
उनले भने, ‘मेरो उम्मेदवारी उम्मेदवारी मात्र नभएर देश बचाउने अभियान पनि हो ।’
बिबिसीका अनुसार, आफ्नो र्याली हुनुपूर्व उनले पार्टीमा उम्मेदवारीको कागजात बुझाएका छन्।
राष्ट्रपतिको कार्यकालमा निकै आलोचित र विवादित ट्रम्प गत राष्ट्रपति निर्वाचनमा बाइडनसँग पराजित भएका थिए ।
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न सबैभन्दा पहिले पार्टीभित्र प्रतिस्पर्धा गर्नुपर्नेछ । ट्रम्पको भनाइअनुसार उम्मेदवार बन्न अब उनी पार्टीभित्र प्रतिस्पर्धामा उत्रिनेछन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया