कसले गर्यो राज्यमन्त्री श्रेष्ठको गाडी तोडफोड ?

काठमाडौं । चितवन–२ का कांग्रेस उम्मेदवार उमेश श्रेष्ठको गाडीमा तोडफोड भएको छ । चुनाव प्रचारको क्रममा चितवनको भरतपुरमा पुगेको श्रेष्ठको कारमाथि बुधबार बिहान आक्रमण भएको जिल्ला प्रहरी कार्यालय भरतपुरले जनाएको छ ।
प्रतीक्षा टोलमा रोकिराखेको कारमाथि बा. ३ च २०५० नम्बरको प्राडोमा एक समूहले ढुंगामुडा गरेका हुन् । सरकारका राज्मन्त्रीसमेत रहेका श्रेष्ठको गाडीमाथि ढुंगामुडा हुन थालेपछि प्रहरीले उनीहरूलाई लखेटेका थिए ।
अहिलेसम्म कोही पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ । यसअघि चितवन–२ कै उम्मेदवार रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गाडीमाथि ढुंगा प्रहार गरी तोडफोड गरेका थिए ।
ताजा अपडेट
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
-
धरहराबाट करिब पाँच करोड राजस्व सङ्कलन
-
सम्पत्ति शुद्धीकरण मामिलामा खैरो सूचीबाट बाहिर निस्कन अनुसन्धान र कारबाही प्रभावकारी बनाइने
प्रतिक्रिया