प्रचण्ड जाने कार्यक्रममा विस्फोट गराउने को हुन् ?
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने भोजपुरको एक चुनावी सभामा विस्फोट भएको छ ।
सत्ता गठबन्धनले गर्न लागेको भोजपुरस्थित पौवादुम्मा गाउँपालिकाको तिवारी भञ्याङको चुनावी सभामा विस्फोट भएको हो । अन्य स्थानका कार्यक्रममा सहभागी भई प्रचण्ड सो कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो । विस्फोटमा परी सुमन श्रेष्ठ घाइते भएका छन् । उनी अरुण गाउँपालिका चरम्बिका हुन् ।
श्रेष्ठले टिफिन बक्समा बोकेको विस्फोटक पदार्थ विस्फोट भएको प्रहरीले जनाएको छ ।
चुनाव बहिष्कार गर्ने नीति लिएको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले झोलामा बोकेको बम विस्फोट गराएकाे बताइएकाे छ ।
आफैंले बोकेको बम पड्किएर श्रेठको देब्रे खुट्टा चोटसमेत लागेको छ । उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
प्रचण्डको मंगलबार मात्रै सुनसरी, मोरङ, भोजपुर, खोटाङ र ताप्लेजुङसहितका स्थानमा चुनावी सभाको कार्यक्रम थियो । तर बम विष्फोट प्रचण्ड नपुग्दै भएको हो ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया