आतंकवाद पाकिस्तानको सबैभन्दा जटिल समस्या : शहबाज शरीफ
काठमाडाैं । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले लक्की मारवातमा प्रहरी भ्यानमा भएको आक्रमणको निन्दा गर्दै आतंकवाद पाकिस्तानको प्रमुख समस्याका रुपमा रहेको बताएका छन् ।
‘हामी कुनै गल्ती नगरौं । आतंकवाद पाकिस्तानको प्रमुख समस्यामध्ये एक हो । हाम्रो सशस्त्र बल र प्रहरीले बहादुरीका साथ यो विपत्तिसँग लडेका छन् । लक्की मारवातमा प्रहरी भ्यानमा आतङ्ककारी समूहले गरेको आक्रमणको निन्दा गर्न कुनै शब्द पर्याप्त छैन । मेरो साथ र प्रार्थना शोक सन्तप्त परिवारजनप्रति छ,’ सरिफले ट्वीटरमा लेखेका छन् ।
पाकिस्तानको खैबर पख्तुनख्वाको लक्की मारवातमा बुधबार आक्रमणमा परी छ जना प्रहरीको मृत्यु भएको पाकिस्तानको डेली टाइम्सले जनाएको छ । पत्रिकाका अनुसार मोटरसाइकलमा आएका दुई विद्रोहीले भ्यानमा गोली चलाएका थिए । प्रहरीका अनुसार आक्रमणकारीले अब्बासा रोड, वान्डा शाहब खेलस्थित प्रहरी भ्यानमा आक्रमण गरेका थिए ।
पाकिस्तानका गृहमन्त्री राना सनौल्लाले पनि लक्की मारवातमा प्रहरीमाथि भएको आक्रमणको निन्दा गरेको छ । उनले मुख्य सचिव र प्रहरी महानिरिक्षकसँग खैबर पख्तुनख्वा घटनाको रिपोर्ट मागेको बताएका छन् ।
संघीय गृहमन्त्री सनौल्लाले लक्की मारवातमा प्रहरी भ्यानमा भएको आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गर्दै घटनाप्रति चिन्ता व्यक्त गदै प्रहरी कर्मचारीको शहादतप्रति गहिरो दुःख र खेद व्यक्त गरेको उनको कार्यालयले ट्वीटर सन्देशमा लेखेको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल तीन दिने भारत भ्रमणमा
-
सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?


प्रतिक्रिया