मापसे गरेको आरोपमा मतदान अधिकृत पक्राउ
काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरेको आरोपमा प्रहरीले एक निर्वाचन अधिकृतलाई नियन्त्रणमा लिएको छ ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ स्थित वाक्वाणी माध्यमिक विद्यालय मतदान केन्द्र ‘ख’ का मतदान अधिकृत पृथ्वीराज चौधरीलाई प्रहरीले मापसे गरेको आरोपमा पक्राउ गरेको हो ।
पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले चौधरीले आचरणविपरीतको कार्य गरेकाले नियन्त्रणमा लिएर जिम्मेवारीमुक्त गरिएको जानकारी दिए ।
चौधरी पाल्हीनन्दन गाउँपालिकाको पशु शाखामा कार्यरत अधिकृत हुन् ।
चौधरी कारबाहीमा परेपछि उनको स्थानमा अर्का मतदान अधिकृत खटाइएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया