अन्ततः मानेले गुमाए कतार विश्वकप
काठमाडौं । सेनेगलका कप्तान साडियो माने आइतबारदेखि कतारमा सुरु हुने फिफा विश्वकपमा नदेखिने पक्का भएको छ ।
बायर्न म्युनिखमा आबद्ध माने दुई साताअघि घाइते भएका थिए । तथापि सेनेगलले उनलाई टिममा समेटेको थियो । बिहीबार उनको खुट्टाको शल्यक्रिया भएसँगै उनी आगामी आइतबार कतारमा हुने विश्वकपमा नदेखिने पक्का भएको हो ।
सेनेगल फुटबल फेडेरेसनले माने विश्वकपबाट बाहिरिएको पुष्टि गरेको छ । साथै उसले कतारमा विश्वकपमा सेनेगलको टिमले मानेका लागि खेल्ने बताएको छ ।
नोभेम्बर ८ मा वेडर ब्रेमेनविरुद्धको खेलमा मानेको खुट्टामा चोट लागेको थियो । शल्यक्रिया गरिएकाले माने अबको करिब तीन महिना मैदानमा देखिने छैनन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया