कीर्तिपुरस्थित मैदानबाट यसरी समातिए सट्टेबाज
काठमाडौं । नेपाल र यूएईबीचको खेलमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले २० जना जनालाई पक्राउ गरेको छ ।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपाल र यूएईबीचको तेस्रो तथा अन्तिम खेलमा सट्टेबाजी गर्ने २० जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
खेल एक एकको अवस्थामा रहेकोमा आजको खेल फाइनलसरह हुनेछ ।
अघिल्लो खेलमा पनि प्रहरीले केहीलाई निगरानीमा राखेको थियो । तर शुक्रबार भने सट्टेबाजी गर्न खोजेको आशंकामा ती युवालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।
प्रहरीले उनीहरूले प्रयोग गरेको मोबाइल पनि नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
खेल हेर्ने बहानामा उनीहरू बेटिङ राखेका थिए ।
अन्तिम खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्दैछ । ३० अाेभरमा ९२ रन जाेड्दा यूएईकाे सात विकेट गुमिसकेकाे छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया