दक्षिण पाकिस्तानमा सडक दुर्घटना हुँदा २० जनाको मृत्यु
एजेन्सी । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बिहीबार राति एउटा यात्रुबाहक भ्यान सडकबाट केही तल पानीको खाल्डोमा खस्दा २० जनाको मृत्यु भएको छ ।
घटनामा अन्य १३ जना घाइते भएका छन् । प्रान्तको सेहवान क्षेत्रमा भ्यान मुख्य राजमार्गबाट चिप्लिएर दुर्घटना हुन पुगेको थियो । अधिकारीहरूले दुई महिनाअघि बाढीको निकासका लागि उक्त क्षेत्रमा भ्यान खसेको ठाउँसहित कैयौँ खाडलहरू निर्माण गरेका थिए ।
बाढीको समयमा राजमार्ग बन्द रहेको थियो र हालसालै यस क्षेत्रबाट बाढीको पानी घट्न थालेपछि यातायातका लागि खोलिएको थियो । दुर्घटना भएको राजमार्गको केही भाग सीमित रहेको र सडकमा डाइभर्सन गरिएको भए पनि तीव्र गतिका कारण गति नियन्त्रणका लागि राखिएको अवरोध नदेख्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
महिला र बालबालिकासहित घाइतेलाई नजिकैको अस्पतालमा लगिएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।
मृतक र घाइतेहरू सेहवानको एक धार्मिकस्थल जान हिँडेका बताइएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया