पल प्रकरण : पूजा पनि अनुसन्धानमा तानिन सक्ने

काठमाडौं । नायिका पूजा शर्मा पनि पल प्रकरणको अनुसन्धानमा तानिन सक्ने तनहुँ प्रहरी स्रोतले जनाएको छ ।
एक नाबालिग गायिकामाथि भएको बलात्कारको आरोपमा पक्राउ परेका अभिनता पल शाहको पक्षमा वकालत गरेका कारण उनी अनुसन्धानमा तानिन सक्ने एक अनुसन्धान अधिकृतले बताए ।
आफ्नो चलचित्र ‘म यस्तो गीत गाउँछु २’को व्यापारमा असर पर्छ भनेर पूजाले नाबालिग गायिकालाई पलविरुद्ध नबोल्न दबाव दिएको पाइएको प्रहरीको दाबी छ ।
गत फागुन १२ गते पलविरुद्ध गायिकाका बुवाले जाहेरी दिएका थिए । त्यसभन्दा केही दिनअघि ती नाबालिग गायिकाले एउटा युट्युबमा पल आफ्नो अभिभावक भएको बताएकी थिइन् । यसो भन्नुमा पूजाको दबाव रहेको बताइएको छ ।
पूजाले तनहुँको दमौलीमा प्रहरी हिरासतमा रहेका पललाई केही दिनअघि पुगेर भेटेकी थिइन् ।
प्रतिक्रिया