रुपन्देहीको मतगणना आजै रातिदेखि हुने
रुपन्देहीमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि भएको निर्वाचनको मतगणना आजैदेखि सुरु गर्ने तयारी गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रवक्ता टेकराज पन्थीका अनुसार सबै मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेपछि सर्वपक्षीय बैठक बसेर मतगणना सुरु हुनेछ । “समय तय भएको छैन तर, आजै रातिदेखि मतगणना सुरु हुन्छ”, उनले भने ।
जिल्लामा रहेका पाँच निर्वाचन क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुने उनले बताए । क्षेत्र नं १ को देवदह नगरपालिकास्थित शीतलनगर देवदह आदर्श बहुमुखी क्याम्पसमा मतगणना हुनेछ ।
त्यसैगरी क्षेत्र नं २ को बुटवल उपमहानगरपालिका कार्यालय, ३ को भैरहवा उच्च मावि भैरहवामा, ४ को कोटहीमाई गाउँपालिकाको भवनमा र ५ को गैडहवा गाउँपालिकाको भवनमा मतगणना हुने प्रवक्ता पन्थीले बताए ।
आज भएको निर्वाचनमा यस जिल्लामा करिब ६६ प्रतिशत मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया