गोरखामा पुन : मतदान गर्न एमालेको माग
काठमाडौं । नेकपा एमालेले गोरखा– १ र २ नम्बर क्षेत्रमा सत्ता गठबन्धनले निर्वाचनमा धाँधली गरेको आरोप लगाउँदै पुनः मतदान गर्न आग्रह गरेको छ ।
आइतबार राति एक विज्ञप्ति जारी गर्दै अपवित्र गठबन्धनले मृत्तक र अनुपस्थितका नामबाट मतदान भएको, अन्य उम्मेदवारका प्रतिनिधिमाथि हातपात गरेको आरोप लागाएको हो । १ र २ का विभिन्न मतदान केन्द्रमा निर्वाचन विरोधी गतिविधिको घोर भत्सर्ना गरेको छ ।
विन्द्रवती मावि, भीमसेन थापा मसेल–१, आरुघाट गाउँपालिका मान्चु–१, सरस्वती आधारभूत मावि सिरानचोक हर्नी, हिमालय मावि बारपाक, सुदलिकोट गाउँपालिका सौरपानी, सूर्यज्योति मावि बारपाक, सुलिकोट ताकु, पार्वती आधारभूत विद्यालय, धार्चे गाउँपालिका उहिया लगायत केन्द्रमा फेरी मतदान गर्न माग गरेको हो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया