गुल्मी-१ मा स्थगित मतदान मंगलबार हुने

काठमाडौं । गुल्मी-१ को एक केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र अदलबदल भएपछि स्थगित मतदान मंगलबार हुने भएको छ ।
कालिगण्डकी गाउँपालिका–२ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको ‘क’ केन्द्रमा स्थगित मतदान मंगलबार हुने भएको हो ।
निर्वाचन प्रक्रिया चलिरहेको समयमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र परेपछि निर्वाचन स्थगित भएको थियो ।
त्यस केन्द्रमा करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ । गुल्मी–१ एमालेका प्रदीपकुमार ज्ञवाली र कांग्रेसका डा. चन्द्र भण्डारी मुख्य प्रतिस्पर्धी छन् ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया