समानुपातिकमा कांग्रेसभन्दा एमाले अगाडि, माओवादीलाई घण्टीले उछिन्यो

काठमाडौं । प्रत्यक्षतर्फको मतगणनासँगै समानुपातिकको पनि अघि बढाइएको छ । मंसिर २२ गतेसम्म सम्पूर्ण निर्वाचन परिणाम बुझाउने तयारी गरेको निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणनालाई पनि तदारुकताका साथ अघि बढाएको हो ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणनामा कांग्रेस र एमालेको कडा प्रतिस्पर्धा देखिएको छ । कांग्रेसले ४३ सिटमा अग्रता कायम गर्दै ४ मा जित हासिल गर्दा एमाले उम्मेदवार ४३ स्थानमा अगाडि र १ स्थानमा विजयी बनेका छन् ।
समानुपातिकमा भने एमालेले कांग्रेसलाई पछि पारेको छ । प्राप्त पछिल्लो मत परिणामअनुसार एमालेले ८४ हजार ८१५ मत हासिल गरिसकेको छ । कांग्रेस समानुपातिकतर्फ एमालेभन्दा १३ हजार मतले पछाडि परेको छ । उसले अहिलेसम्म ७१ हजार ५२५ मत जोड्न सकेको छ ।
माओवादीलाई घण्टीले उछिन्यो
तेस्रो राष्ट्रिय शक्तिमा माओवादी र नवगठित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रत्यक्षतर्फ माओवादीका १३ र राष्ट्रिय स्वतन्त्र पार्टीका १२ उम्मेदवारले लिड गरिरहेका छन् ।
समानुपातिकतर्फ भने रास्वपाले माओवादीलाई पछि पारेको छ । प्राप्त पछिल्लो मत परिणामअनुसार, माओवादी केन्द्रले ३२ हजार ७२५ मत ल्याउँदा रवि लामिछानेको दल रास्वपाले ३६ हजार १०९ हासिल गरेको छ ।
समानुपातिकमा राप्रपाले पनि सम्मानजनक मत ल्याइरहेको छ । उसले अहिलेसम्म हासिल गरेको मत २० हजार ५४ छ ।
प्रत्यक्षमा जस्तै एकीकृत समाजवादी समानुपातिकमा पनि कमजोर देखिएको छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६ सिटमा लिड गरेको यो दलले समानुपातिकमा ३ हजार ७४५ मत पाएको छ ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया