क्यान्सरको औषधिमा कर कटौती

काठमाडाैं । चीन सरकारले क्यान्सरको औषधिमा कर कटौती गरेको जनाएको छ । क्यान्सर निको पार्नका लागि प्रयोग गरिने औषधि आयातमा कम्तीमा पनि तीन प्रतिशत अतिरिक्त करको कटौती गरिने योजना चीन सरकारले अघि सारेको यहाँको स्वास्थ्य विभागले जनाएको छ ।
क्यान्सर रोग निको पार्नका लागि प्रयोग गरिने औषधि विदेशबाट आयात गर्दा तथा स्वदेशी औषधि कम्पनीले देशभित्रै उत्पादन गर्दा पनि कम्तीमा पनि तीन प्रतिशत कर कटौतीको योजना ल्याइएको स्वास्थ्य अधिकारीले जनाएका छन् ।
यहाँको स्वास्थ्य विभाग तथा अर्थ मन्त्रालयले प्रकाशन गरेको एक संयुक्त विज्ञप्तिमा सो कुरा जनाइएको छ । सो विज्ञप्तिमा आगामी डिसेम्बर १ तारिखदेखि यो कर कटौतीसम्बन्धी नीति कार्यान्वयनमा आउने जानकारी पनि गराइएको छ ।
यो नीति क्यान्सर रोग निको पार्न प्रयोग हुने ७१ थरि औषधिमा लागू हुने चिनियाँ स्वास्थ्य अधिकारीले जनाएका छन् । यी औषधिमा सन् २०१८ मा पनि सरकारले कर कटौती गरेको थियो ।
त्यसयता यस्ता औषधिमा कर कटौती गरिएको यो तेस्रो पटक भएको पनि समाचारमा जनाइएको छ । चीनमा पछिल्लो समयमा क्यान्सरका बिरामीको संख्या बढ्दै गएपछि उनीहरुलाई लक्षित गरेर यो नीति अख्तियार गरिएको हो ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया