थप ८८ जनामा कोरोना पुष्टि, ३७६ संक्रमणमुक्त
काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १४५ जनाको पीसीआर परीक्षण गर्दा ६६ जना र २ हजार ४९३ जनाको एन्टीजेन परीक्षण गर्दा २२ जना गरी ८८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या पीसीआर परीक्षण मात्रै नौ लाख ७७ हजार ५६७ पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ३७६ जना कोरोना संक्रमणमुक्त भएसँगै देशभर कोरोनामुक्त हुनेको संख्या नौ लाख ५९ हजार ४६९ जना पुगेको छ ।
आज थप एक जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । यससँगै नेपालमा हालसम्म ११ हजार ९४८ जनाले ज्यान गुमाइसकेका छन् ।
देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १५० छन् ।

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया