चितवन–२ मा रविलाई दोब्बर बढी मतको अग्रता
काठमाडौं । चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रवि लामिछानेले प्रतिस्पर्धीमाथि दोब्बर बढी मतको अग्रता कायम गरेका छन् । रविले आफ्नो अग्रता बढाउँदा एमाले र कांग्रेसका उम्मेदवार पछि पर्दै गएका छन् ।
प्राप्त पछिल्लो मत परिणामअनुसार, लामिछानेले ७ हजार ८७१ मतको अग्रता बनाएका छन् । रविले १४ हजार ८१२ मत हासिल गर्दा एमालेका कृष्णभक्त पोखरेलले ६ हजार ९४१ मतका साथ पछ्याइरहेका छन् ।
कांग्रेसका उमेश श्रेष्ठ प्रतिस्पर्धामा रहे पनि उनले अवस्था सुधार गर्न सकेका छैनन् । उनी ६ हजार ६०८ मतका साथ तेस्रो स्थानमा छन् ।
त्यहाँ अहिले मतगणना जारी छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया