नवलपरासी –२ को दुवै प्रदेशमा एमाले विजयी
काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) –२ को दुवै प्रदेशमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । क्षेत्र–२ (१) र (२) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन् ।
श्रेष्ठले १९ हजार तीन सय ७८ ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का सौगमकुमार सिरपालीले १४ हजार सात सय ४३ मत ल्याएका छन् ।
यो क्षेत्रमा विसं २०७४ को निर्वाचनमा कांग्रेस विजयी भएको थियो । त्यसैगरी ९२० मा पाण्डेले १८ हजार आठ सय छ मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का गोपाल खनालले १४ हजार सात सय ६१ मत पाएका छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया