मकवानपुर १ मा डिनाको अग्रता कायमै
काठमाडौं । मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय (डीना) ले दुई हजार ९६५ मतले अग्रता हासिल गरेकी छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा उपाध्यायले १४ हजार २०९ मत प्राप्त गरेकी छन् भने नेकपा (एमाले) का कमल थापाले ११ हजार दुई सय ४४ मत प्राप्त गरेका छन् ।
मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं १ को कार्यालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले ८ हजार पाँच सय ४३ मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ जम्मा ४३ हजार दुई सय ४४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया