मकवानपुर १ मा डिनाको अग्रता कायमै
काठमाडौं । मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार महालक्ष्मी उपाध्याय (डीना) ले दुई हजार ९६५ मतले अग्रता हासिल गरेकी छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा उपाध्यायले १४ हजार २०९ मत प्राप्त गरेकी छन् भने नेकपा (एमाले) का कमल थापाले ११ हजार दुई सय ४४ मत प्राप्त गरेका छन् ।
मकवानपुर जिल्ला निर्वाचन क्षेत्र नं १ को कार्यालयका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपकबहादुर सिंहले ८ हजार पाँच सय ४३ मत प्राप्त गरेका छन् । सो निर्वाचन क्षेत्रमा प्रतिनिधिसभातर्फ जम्मा ४३ हजार दुई सय ४४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया