झापा ३ मा लिङदेन तीन हजार मतले अगाडी

काठमाडौं । झापा क्षेत्र नंबर ३ मा राप्रपाका उम्मेदवार राजेन्द्र लिङदेन कांग्रेसका कृष्ण प्रसाद सिटौदा भन्दा झण्डै तीन हजार मतले अगाडी छन् ।
उनीहरूबीच दुई हजार ७६३ मतको अन्तर रहेको छ । हाल उक्त क्षेत्रमा ४१ हजार ७०२ मतगणना भइसक्दा लिङदेनको पक्षमा १९ हजार ६३३ मत परेको छ ।
त्यस्तै, सिटौलाले १६ हजार ८७० मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया