दाङ–२ मा शंकर पोखरेलले घटाए स्वाट्टै मतान्तर
काठमाडौं । दाङ क्षेत्र नं. २ को मतगणनामा सुरुदेखि नै पछि पर्दै आइरहेका एमाले उम्मेदवार शंकर पोखरेलले मतगणना करिब अन्तिम चरणमा पुग्दा मतान्तर घटाएका छन् ।
दाङ–२ मा ७० हजार १०९ मतगणना हुँदा माओवादी केन्द्रकी रेखा शर्माले २४ हजार ७२ मत हासिल गरेकी छन् । पोखरेल अहिले शर्माभन्दा मात्रै ३१७ मतले पछाडि छन् । उनले अहिलेसम्म २३ हजार ७५५ मत बटुलेका छन् ।
यसअघि सार्वजनिक मत परिणाममा पोखरेल १५०० बढी मतले पछाडि पर्दै आइरहेका थिए ।
तेस्रो स्थानमा रहेर प्रतिस्पर्धा गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले १४ हजार ७११ मत पाएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया