दाङ–२ मा शंकर पोखरेलले घटाए स्वाट्टै मतान्तर
काठमाडौं । दाङ क्षेत्र नं. २ को मतगणनामा सुरुदेखि नै पछि पर्दै आइरहेका एमाले उम्मेदवार शंकर पोखरेलले मतगणना करिब अन्तिम चरणमा पुग्दा मतान्तर घटाएका छन् ।
दाङ–२ मा ७० हजार १०९ मतगणना हुँदा माओवादी केन्द्रकी रेखा शर्माले २४ हजार ७२ मत हासिल गरेकी छन् । पोखरेल अहिले शर्माभन्दा मात्रै ३१७ मतले पछाडि छन् । उनले अहिलेसम्म २३ हजार ७५५ मत बटुलेका छन् ।
यसअघि सार्वजनिक मत परिणाममा पोखरेल १५०० बढी मतले पछाडि पर्दै आइरहेका थिए ।
तेस्रो स्थानमा रहेर प्रतिस्पर्धा गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले १४ हजार ७११ मत पाएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया