अमेरिकी राष्ट्रपति बाइडेनले फ्रान्स, जर्मनी र बेलायतका नेतासँग छलफल गर्ने
एएफपी । अमेरिकाका राष्ट्रपति जो बाइडेनले प्रमुख तीन देशका नेताहरूसँग सोमबार छलफल गर्ने भएका छन् ।
उनले फ्रान्स, जर्मनी र बेलायतका शीर्ष नेताहरूसँग भिडियो कुराकानी गर्ने अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ ।
उनीहरूले युक्रेनमाथि रुसले गरेको आक्रमणका बारेमा छलफल गर्ने कार्यालयद्वारा जारी वक्तव्यमा जनाइएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गर्नु गलत भएको भन्दै रुसी कदमको विरोध गर्दै आएका देशका नेताहरूले रुसलाई थप दवाव दिन छलफल गर्न लागेको बुझिएको छ ।
उनीहरूले युक्रेनको पक्षमा बोल्दै आएका छन् भने युक्रेनलाई सहयोग गर्न अनुरोध पनि गरेका छन् । थप सहयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा पनि उहाँहरूले छलफल गर्ने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया