सर्लाही -४ ‘१’ मा कांग्रेसका वीरेन्द्र पुनः विजयी
सर्लाही । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ ‘१’ मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्रप्रसाद सिंह पुनः निर्वाचित भएका छन् ।
सिंहले १५ हजार छ सय ९३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामबाबु यादवले १४ हजार छ सय १६ मत ल्याएका छन् ।
सिंहसहित सर्लाहीमा चार जना प्रदेशसभा सदस्यमा पुनः निर्वाचित भएका छन् । पुनः निर्वाचित हुनेमा सर्लाही १ को ‘२’ मा नेकपा (एकीकृत समाजवादी) की बेची लुङ्गेली र १ ‘१’ मा लोकतान्त्रिक समाजवादी पार्टीका उपेन्द्र महतो तथा ३ ‘२’ मा जनता समाजवादी पार्टी नेपालका सञ्जयकुमार यादव विजयी भएका छन् ।
ताजा अपडेट
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने
-
विश्वकप लिग–२ : ओमानविरुद्ध नेपाललाई जित्नैपर्ने दबाब


प्रतिक्रिया