सर्लाही -४ ‘१’ मा कांग्रेसका वीरेन्द्र पुनः विजयी
सर्लाही । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ ‘१’ मा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्रप्रसाद सिंह पुनः निर्वाचित भएका छन् ।
सिंहले १५ हजार छ सय ९३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रामबाबु यादवले १४ हजार छ सय १६ मत ल्याएका छन् ।
सिंहसहित सर्लाहीमा चार जना प्रदेशसभा सदस्यमा पुनः निर्वाचित भएका छन् । पुनः निर्वाचित हुनेमा सर्लाही १ को ‘२’ मा नेकपा (एकीकृत समाजवादी) की बेची लुङ्गेली र १ ‘१’ मा लोकतान्त्रिक समाजवादी पार्टीका उपेन्द्र महतो तथा ३ ‘२’ मा जनता समाजवादी पार्टी नेपालका सञ्जयकुमार यादव विजयी भएका छन् ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया