NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक २ गते

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम सरेको छ।

स्वास्थ्य सेवा विभागका अनुसार कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गरिनेछ।

अभियानमा ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

यसअघि कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन गर्ने तालिका थियो। विभागले निर्धारित मितिमा नजिकैको केन्द्रमा लगेर आफ्ना बालबालिकालाई औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ।