धादिङ अपडेट : रामनाथकाे जित उन्मुख, राजेन्द्रलाई ५०१६ को अग्रता
काठमाडौं । धादिङ क्षेत्र नं १ मा एकिकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डे ५ हजार १६ मतान्तरले अग्र स्थानमा छन् । उनले २६ हजार ८२९ मत पाएका छन् भने उनका निकटतम प्रतिद्धन्दी एमालेका भुमि त्रिपाठीले २१ हजार ८१३ मत प्राप्त गरेका छन् ।
यसै गरी, कमेडियन हिमेश पन्तले ११ हजार ३७० मत प्राप्त गरेका छन् । सो क्षेत्रमा जम्मा ८० हजार २६ मत खसेको छ भने हालसम्म ६३ हजार ८०३ मत गणना भएको छ ।
त्यस्तै, धादिङ २ मा कांग्रेसका रामनाथ अधिकारी एमालेका खेम प्रसाद लोहनी भन्दा ८ हजार १०८ मतान्तरले अगाडी छन् । अधिकारीले २९ हजार १७१ मत ल्याएका छन् भने लोहनीले २१ हजार ६३ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी बसुमाया तामाङ ४ हजार २५३ मतसहित तेस्रो स्थानमा छिन् । धादिङ २ मा अहिलेसम्म ५८ हजार ८८३ मत गणना भएको छ ।
ताजा अपडेट
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने
-
विश्वकप लिग–२ : ओमानविरुद्ध नेपाललाई जित्नैपर्ने दबाब


प्रतिक्रिया