नेप्से परिसूचकमा झिनो अंकको वृद्धि, कारोबार रकम ९२ करोडमा सीमित

काठमाडाैं । साताको अन्तिम कारोबार दिन नेप्से झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ५६ अंकले बढेर १९३३.५५ विन्दुमा पुगेको छ ।
बिहीबार कुल कुल २३२ कम्पनीको १८ हजार ४९५ पटकमा २५ लाख ६९ हजार २२९ कम्पनीको सेयर खरिदबिक्री हुँदा ९२ करोड ५१ लाख ७४ हजार रूपैयाँको कारोबार भएको छ । आज कारोबारमा आएक १३ उपसमूहरूमा नीर्जीवन बीमा कम्पनीबाहेक सबैमा हरियाली छाएको छ । नीर्जीवन बीमा ०.०४ प्रतिशतले घटेको छ ।
आज सबैभन्दा बढी अन्यको १.६९ प्रतिशतले सेयरमूल्य बढेको छ । अन्य उपसमूहरूमा बैंकिङ ०.४४, वित्त १.१४, होटल तथा पर्यटन ०.८, जलविद्युत ०.५८, लगानी ०.०८, जीवन बीमा कम्पनी ०.३०, उत्पादन १.१८, लघुवित्त ०.६५, सामूहिक लगानी ०.३८ र व्यापार १.२७ प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारका शाइन रेशुंगा विकास बैंक शीर्ष स्थानमा छ । कम्पनीको ७ करोड ६२ लाख ४८ हजार ४०१ रूपैयाँको कारोबार भयो । त्यस्तै हिमालयन डिष्टिलरी ६ करोड ८० लाख ४० हजार, एनआइसी एशिया २ करोड ९३ लाख ६ हजार, नेष्ठो समृद्धि २ करोड ८१ लाख ३२ हजार र नबिल २ करोड ७० लाख रूपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।
आजको कारोबारमा घलेम्दी हाइड्रो लिमिटेड ६.८३ प्रतिशतले बढेको छ । साथै आरएमडिसी लघुवित्त ६ प्रतिशत, शाइन रेशुंगा ४.८९, साना किसान विकास लघुवित्त ४.८१ र इनर्जी पावर विकास कम्पनीका लगानीकर्ताले ४.६५ प्रतिशत शेयर मूल्य बढेको छ ।
त्यस्तै, किसान लघुवित्त २.८९, सिटिजन्स म्युचल फण्ड २ २.०८, समता घरेलु लघुवित्त १.९७, न्यादी १.९३ र अप्पर हेवाखोला का लगानीकर्ताले १.९१ प्रतिशतले गुमाएका छन् ।
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया