जर्मनीले मालीबाट आफ्ना शान्ति सैनिक फिर्ता गर्ने
काठमाडाैं । जर्मनीले मालीबाट आफ्ना शान्ति सैनिकहरु फिर्ता गर्ने भएको छ । आगामी सन् २०२४ को मे महिनादेखि आफ्ना सेना फिर्ता गर्ने भएको जानकारी गराएको हो । संयुक्त राष्ट्रसंघीय प्रवक्ताले बुधबार सो कुराको जानकारी गराएका हुन् । उनले जर्मनीले आफ्ना सेना फिर्ता गर्न लागेकामा धन्यवाद पनि दिएका छन् ।
संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसका उपप्रवक्ता फराह हकले बुधबार जर्मन सरकारले यसअघि मालीमा जारी रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनमा जर्मन सरकारले शान्ति सैनिक सहयोग गरेकोमा पनि धन्यवाद दिएका छन् ।
मालीबाट विभिन्न देशले आफ्ना सैनिक फिर्ता गर्ने घोषणा गरिरहेका छन् । जर्मन यसरी आफ्ना सेना फिर्ता गर्ने पछिल्लो देश बनेको पनि उपप्रवक्ता हकले जानकारी दिनुभएको छ । मालीमा जारी आन्तरिक युद्धका कारण यहाँका नागरिकको सुरक्षार्थ संयुक्त राष्ट्रसंघीय मिसन, मिनुस्मा जारी रहेको छ । यस मिसनमा विश्वमा विभिन्न देशले आफ्ना सेना सहयोग गरेका थिए ।
ताजा अपडेट
-
प्रश्नपत्र चुहावट प्रकरण : भारतीय प्रधानमन्त्री मोदीले गरे फास्ट–ट्र्याक अदालत बनाउने घोषणा
-
जन्तरमन्तरमा सुरक्षा कडा, दिल्लीका १६ मेट्रो स्टेशन बन्द
-
देशका विभिन्न स्थानमा सात वटा राजमार्ग तथा सडक खण्ड अवरुद्ध
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, विदेशी वायुसेवा कम्पनी आकर्षित गर्ने प्रयास
-
विश्वकप लिग-२ : जित्नै पर्ने दबाबमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै


प्रतिक्रिया