बहुमतको सरकार बनाउन गाह्रो, बनाए पनि टिकाउन गाह्रो – अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताएका छन् ।
झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै सो धारणा राखेका हुन् ।
पूर्वप्रधानमन्त्री ओलीले नेकपा (एमाले)ले मुलुकमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार निर्वाचनको परिणाम भने नआएकाले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएको बताए ।
उनले अबको एक–दुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने बताए ।
उनले यो निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढेको तर्क गरे ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया