संसदमा नदेखिने भए ओलीका अर्का यी विश्वास पात्र पनि
काठमाडौं । भोजपुरमा प्रदेश नं १ का पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्दै सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुदन किराँती प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
उनले राईलाई दुई हजार तीन सय ८५ मतान्तरले पराजित गर्दै जित निकालेका हुन् ।
किराँती तेस्रो पटक सांसदमा विजयी भएका हुन् । उनले २८ हजार पाँच सय ७८ मत प्राप्त गरे भने एमालेका राई २६ हजार एक सय ९३ मतमा रोकिए ।
शेरधन एमाले अध्यक्ष ओलीका विश्वासपात्र हुन् । ०७४ मा प्रदेश झरेर मुख्यमन्त्री बनेका उनको हारसँगै संसदीय यात्रामा ब्रेक लागेको छ ।
यस क्षेत्रमा कूल एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेकामा ६१ हजार आठ सय ३० जनाले मतदान गरेका थिए । तीन हजार एक सय ६८ मत बदर भएको थियो । भोजपुरमा प्रतिनिधिसभातर्फ १२, प्रदेशसभा (१) मा सात तथा प्रदेशसभा (२) मा छ उम्मेदवारले निर्वाचनमा भाग लिएका थिए ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया