काभ्रे २ बाट गोकुल बाँस्कोटा ६ हजार बढी मतान्तरले विजयी
काठमाडौं । काभ्रे क्षेत्र नं २ बाट एमालेका उम्मेदवार रहेका गोकुल बाँस्कोटा प्रतिनिधिसभा सांसद निर्वाचित भएका छन् ।
उनले आफ्ना प्रतिस्पर्धी कांग्रेसका शिव हुमगाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरेका छन् ।
बाँस्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ५८२ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत पाए ।
बाँस्कोटा ०७४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काभ्रेको यही क्षेत्रबाट निर्वाचित भएका थिए । ओली नेतृत्वको सरकारमा सञ्चारमन्त्री रहेका बाँस्कोटा ७० करोड घुस बार्गेनिङ काण्डको अडियो सार्वजनिक भएपछि नैतिकताका आधारमा राजीनामा दिएर बहिर्गमन रोजेका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया