भेट गर्दै रुस र टर्कीका विदेशमन्त्री
सिन्ह्वा । टर्की र युक्रेनका विदेशमन्त्रीबीच आगामी बिहीबार भेट हुने भएको छ । बिहीबार टर्कीको अन्तालयामा हुन लागेको कूटनीतिक फोरममा सो भेट हुन लागेको बताइएको छ ।
टर्कीले दक्षिणी सहर अन्तलायामा सो फोरमको आयोजना गर्न लागेको छ । त्यस अवसरमा रुस र टर्कीका विदेशमन्त्रीका बीचमा भेटघाट हुन लागेको हो ।
सो फोरममा सहभागी हुन रुसी विदेशमन्त्री सेर्गेइ लाभरोभ र युक्रेनका विदेशमन्त्री मेभलुत काभुस्गलु अन्तलाया जाने भएका हुन् । रुसी विदेशमन्त्री लाभरोभले आफू सो कूटनीतिक फोरममा सहभागी हुन जान लागेको जानकारी दिँदै त्यस अवसरमा युक्रेनका विदेशमन्त्रीसँग भेटघाट हुने जानकारी दिएको बताइएको छ ।
उता युक्रेनी विदेशमन्त्री मेभलुतले पनि सो फोरममा आफू जान लागेको भन्दै रुसी विदेशमन्त्रीसँग भेट हुने जानकारी दिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया