अर्को वर्ष विद्युत कटौती अन्त्य गर्ने श्रीलंकाको योजना

श्रीलंका । श्रीलंकाका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले शनिबार पत्रकारहरूलाई आगामी जनवरीसम्ममा निर्बाध विद्युत आपूर्ति सुनिश्चित गर्न सबै सम्भावित उपायहरू अपनाउने बताएका छन् ।
श्रीलंकाले फेब्रुअरी २०२२ देखि दैनिक बिजुली कटौतीको सामना गरिरहेको छ । कुनै बेला दैनिक १३ घण्टासम्मको बिजुली कटौती भएको थियो । जुन अहिले दिनको लगभग दुई घण्टामा घटेको छ।
मन्त्रीका अनुसार सरकारले पछिल्ला केही महिनामा विद्युत् कटौतीलाई ठूलो मात्रामा कम गर्न कदम चालेका छन्।
हरेक वर्ष माघ र असार महिनामा विद्युत महसुल परिमार्जन गर्नु उपयुक्त हुने भन्दै उनले विद्युत महसुल परिमार्जन नगरी त्यसो गर्न नसकिने बताएका छन् ।
मन्त्रीका अनुसार उनीहरूले सन् २०२३ मा नवीकरणीय ऊर्जालाई बढावा दिने योजना पनि बनाएका छन् र यो श्रीलंकाको लागि ऊर्जाको उत्तम स्रोत पनि हो।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया