युपीको मथुरामा २९ गाई मृत फेला

उत्तर प्रदेश । उत्तर प्रदेशको मथुरा जिल्लामा राष्ट्रिय राजमार्ग नजिकै बन्द कन्टेनरमा २९ गाई मृत फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीले अलपत्र परेको कन्टेनरमा २९ गाई मरेको र एउटा गाई भने जिउँदै फेला पारेको बताएको छ । उक्त कन्टेनरको चालक फरार रहेको मथुरा सर्कल अफिसर ९सीओ० रिफाइनरी हर्षिता सिंहले बताए ।
‘हामीलाई मथुरा जिल्लाको राष्ट्रिय राजमार्ग नजिकै एउटा बन्द कन्टेनर रोकिएको जानकारी प्राप्त भयो र त्यहाँ पुगेर हेर्दा २९ गाई मृत फेला परेका थिए भने एउटा गाई जिउँदै फेला परेको थियो। चालक भने फरार छन्। मुद्दा दर्ता गरिएको छ,’ सिंहले भनेका छन्।
ताजा अपडेट
-
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै
-
‘कर्मचारीतन्त्रको दक्षता अभिवृद्धि नगरेसम्म सरकारकाे योजना कार्यान्वयन हुँदैन्’
-
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
नेपालमा आधिकारिक ट्रेड युनियन र अबकाे बाटाे
-
ब्रिटिस काउन्सिलको सहयोगमा ‘पेटका केही कुरा’ को प्रदर्शनी
प्रतिक्रिया