राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ ।
चितवन प्रहरीका अनुसार शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको थियो । उक्त घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् भने कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डालगायतका सामानमा क्षति पुगेको जनाएको छ ।
प्रहरीका अनुसार कार्यालयको ढोका चाबी भने यथावत रहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटना शुक्रबारको भएपनि खबर भने ढिला जानकारी भएको चितवन प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
-
ट्रम्पद्वारा रुसमाथि नयाँ प्रतिबन्धको सङ्केत
-
सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो यू–१६ इस्ट जोन कपको उपाधि
-
विदेशबाट फर्किएर ‘ड्रागन फ्रुट’ को व्यावसायिक खेतीमा रमाउँदै हौँचुरका सरोज
प्रतिक्रिया