मतदाता बोकेको जीप खस्दा काश्मिरमा ६ जनाको मृत्यु, ८ घाइते
एजेन्सी । मतदाता बोकेका एक जीप पाकिस्तान–नियन्त्रित काश्मिर (पीओके) को नीलम उपत्यकामा नालामा खस्दा ६ जनाको मृत्यु हुनुको साथै अन्य ८ जना घाइते भएका डन पत्रिका आइतबार जानकारी दिएको छ ।
यस घटनामा परी मृत्यु हुनेमा ६ जना महिला रहेका स्थानीय प्रहरीले जनाएको छ । दुधनियालको छारी इलाकामा आइतबार दिउँसो करिब १२ः३० बजे जीप तीन सय फिट गहिरो सुख्खा नालामा खसेको जिल्ला विपद् व्यवस्थापन अधिकृत अख्तर अयुबलाई उद्धृत गर्दै डनले जनाएको छ ।
गाडीले आफ्नो क्षमता भन्दा धेरै मानिसहरू बोकेको अयुबले थप जानकारी दिएका छन् । दुर्घटना घाइते भएकाको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।
यात्रुहरु निलम खोलाको छेउमा रहेको ठाण्डा पानी गाउँका बासिन्दा रहेका र नजिकैको मतदान केन्द्रमा आएका थिए । घाइतेहरूलाई दुधनियाल आधारभूत स्वास्थ्य इकाईमा लगिएको थियो ।
पाँचजना गम्भीर घाइते भएकाले थप उपचारका लागि मुजफ्फराबाद पठाइएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया