एमाले सचिवले कांग्रेस सहमहामन्त्रीलाई हराए
निकै प्रतिस्पर्धापूर्ण देखिएको धनुषा–४ मा १२४ मत अन्तरमा एमालेका रघुवीर महासेठले जित निकालेका छन् । महासेठले कांग्रेसका महेन्द्र यादवलाई पछि पार्दै कठिन जित निकालेका हुन् ।
महासेठ ३२ हजार २३६ मतका साथ विजयी हुँदा यादव ३२ हजार ११२ मतमा स्तब्ध भए ।
विजयी महासेठ एमालेका सचिव हुन् भने यादव कांग्रेसका सहमहामन्त्री ।
महासेठ र यादव राजनीतिका चिरपरिचित प्रतिद्वन्द्वी हुन् । यसअघि २०७४ को निर्वाचनमा उनीहरू आमनेसामने भएकोमा महासेठले नै जित निकालेका थिए । महासेठले यादवलाई २ हजार ५४१ मतान्तरमा पराजित गरेका थिए । यस पटक यादव महासेठसँग बदला लिने योजनासहित मैदानमा उत्रिएका भए पनि सफल हुन सकेनन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया