वाम गठबन्धन गरेर सरकार बन्ने सम्भावना छैन : माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम गठबन्धन गरेर सरकार बनाउने सम्भावना नभएको बताएका छन् ।
मंगलबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै वर्तमान सत्ता गठबन्धनबाट नै सरकार बन्ने जिकिर गरे ।
‘अहिलेकै गठबन्धन दलहरूबीचबाट सरकार बन्नेछ’, उनले भने, ‘वाम गठबन्धन गरेर सरकार बन्ने सम्भावना म देख्दिनँ ।’
अब को प्रधानमन्त्री बन्ने भन्नेबारे अहिले नै गठबन्धनभित्र छलफल भइनसकेको उनले बताए। अन्तिम मतपरिणाम नआइसकेकाले अहिल्यै नै सरकार बनाउनेमा निष्कर्षमा पुग्नु हतार हुने उनको भनाइ थियो ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया