नीताको तिर कतातिर ?

काठमाडौं । सामाजिक सञ्जालको विकास नहुँदा मनका भावना क्षणभरमा सर्वव्यापी पार्न सहज थिएन । सामाजिक सञ्जालले अहिले जो कोहीलाई आफ्ना मनमा लागेका आवेग, उवेग, हर्ष, विस्मात, आक्रोसलगायत भावना आफ्ना साथी तथा फलोअर्समा पुर्याउन सुविधा दिएको छ ।
सामाजिक सञ्जालले कलाकारलाई अझै खुदो भएको छ । प्रविधिले उपलब्ध गराएको प्लेटफर्म कलाकारहरूले भरमग्दुर प्रयोग गरिरहेका छन् । जसमा नायिका नीता ढुंगाना पनि पर्छिन् । निकै सुशील र व्यावसायिक मानिने नीताको सामाजिक सञ्जालमा राम्रो पकड छ । उनी यसमा केही न केही लेखिरहेकी हुन्छिन् ।
केही समयअघि ज्योतिष हरिहर अधिकारीसँग विवाह बन्धनमा बाँधिएकी नीताले दार्शनिक लय समातेर सोमबार एउटा स्ट्याटस पोस्ट गरेकी छन् । जसको सार सम्पन्नता भन्दा अभाव र संघर्ष नै प्यारो हुन्छ भन्ने छ ।
प्रायशः कलाकार कुनै समस्याले थिचिएपछि भावना साट्न सामाजिक सञ्जालको चौतारीमा आइपुगेका हुन्छन् । वेरोजगारीले दिक्दारिँदा वा सम्बन्धमा खटपट आउँदा पनि कलाकारले फेसबुकलाई मन बहलाउने मेलो बनाउने गरेका छन् । नीताले कुनै सन्निकट समस्यासँग जुध्न साहस जुटाएकी होलिन् कि बसिबियालो मात्र गरेकी होेलिन् ?
अक्सर मानिस भरिपूर्ण हुन चाहन्छन् । तर नीताको विचारमा भरिनु उचित होइन किनभने भरिँदा नयाँका लागि ठाउँ नै रहन्न । त्यसैले जीवन टिलपिल भरिएको भन्दा अलिकति खाली रहेकै जाती हुन्छ ।
‘अलिकति त रित्तिनु नै राम्रो ,भरियो भने केहीका लागि ठाउँ नै रहन्न,’ नीता भन्छिन् ।
समस्यासँग नभाग्न अनि असफलताबाट नबिच्किन पनि नीताको सुझाव छ । यस्ता समस्याले सफलताको स्वाद चखाउने भएकाले यिनले घोचेको नै ठीक हुन्छ ।
‘अलिकति त असफलताले घोचेको च्वास्स पनि ठिक, जसले सफलताको स्वाद चिन्न सघाउँछ ।अलिकति विवशताले कठालो समातेकै बेस् । समस्यासित जुध्न सिकाउँछ ।
प्रायशः कलाकार कुनै समस्याले थिचिएपछि भावना साट्न सामाजिक सञ्जालको चौतारीमा आइपुगेका हुन्छन् । वेरोजगारीले दिक्दारिँदा वा सम्बन्धमा खटपट आउँदा पनि कलाकारले फेसबुकलाई मन बहलाउने मेलो बनाउने गरेका छन् । नीताले कुनै सन्निकट समस्यासँग जुध्न साहस जुटाएकी होलिन् कि बसिबियालो मात्र गरेकी होेलिन् ? या समस्या र अभावमा जुधेकालाई साहस जुटाउन ढाडस ?
ताजा अपडेट
-
जलवायु परिवर्तन सम्बन्धि कार्यक्रममा वर्ल्ड मर्चेन्ट इन्भेष्टमेन्टको सहकार्य
-
रुस-युक्रेन वार्ता : जेलेनस्कीले गरे ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह
-
प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने
-
साइम कलेज र टोक्मा टेक्नोलोजिजबीच शैक्षिक-उद्योग सहकार्यका लागि सम्झौता
-
‘के वन क्रस १७५’ प्रतियोगितामा भिड्दै ‘हिमचितुवा’
प्रतिक्रिया