बाराही हाइड्रोपावरले आईपिओ जारी गर्दै
काठमाडौं । बाराही हाइड्रोपावर पब्लिकले मंसिर २१ गतेदेखि साधारण सेयर (आईपिओ) जारी गर्न लागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई २ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेकोमा त्यसबाट बिक्री नभएको १ लाख ४६ हजार कित्ता शेयर बाँडफाँट गरेर बाँकी रहेको १ लाख ४ हजार कित्ता सेयर र सर्वसाधारणका लागि निष्कासन गर्न लागेको र ४ लाख ५० हजार कित्तासहित ५ लाख ५४ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरले ५ करोड ५४ लाख रुपैयाँ ५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको छ ।
जसमध्ये २७ हजार कित्ता सामुहिक लगानी कोष र ११ हजार ८० कित्ता सेयर कम्पनीका कर्मचारीलाई छुट्याएको छ । बाँकी रहेको ५ लाख १५ हजार २२० कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त मंसिर २१ गतेदेखि निष्कासन हुने आईपीओमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिनेछ ।
उक्त आईपिओमा लगानीकर्ताले २६ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा पुस ६ गतेसम्म आवेदन दिन सकिने छ । लगानीकर्ताले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया