उत्तरप्रदेशमा आगालागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु
उत्तरप्रदेश । विद्युत् प्रवाहमा गडबडी उत्पन्न भइ उत्तरप्रदेशकाे एक आवासीय भवनमा आगालागी हुँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । सोही परिवारका तीन जनाको गम्भीर अवस्थामा स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
मङ्गलबार राति लागेको आगोमा परेर तीन जना बालबालिकाको पनि ज्यान गएको फिरोजावादका प्रहरी उपरीक्षक आशिष तिवारीले बताए । आग्रा, इत्हा, मनिपुरीलगायत १८ वटा अग्निसमन केन्द्रका जवान र फिरोजावादसहित १२ वटा प्रहरी कार्यालयका सुरक्षाकर्मीको सयोगमा राति अबेर आगो निभाइएको उनले बताए ।
आगलागीको उक्त घटनालाई गम्भीररूपमा लिँदै मुख्यमन्त्री आदित्यनाथसहितको उच्च अधिकारीको टोली राति नै घटनास्थलमा पुगेर वस्तुस्थिति बुझ्नका साथै त्यसले सम्बद्ध निकाय तथा पदाधिकारीलाई तत्काल राहतका कार्य थाल्न निर्देशन दिएको थियो ।
मुख्यमन्त्री कार्यालयले दिवङ्गतहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । मुख्यमन्त्रीले घाइतेलाई तत्काल अस्पताल लैजान र उचित उपचार गर्न जिल्ला प्रशासनका पदाधिकारीलाई निर्देशन दिँदै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै उनले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई तत्काल रु दुई लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् ।
यसैबीच, राज्यको बहराइच जिल्लामा आज बिहान सखारै भएको सडक दुर्घटनामाफ ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । जिल्लाको टप्पे सिपाह क्षेत्रमा रोडवेजको बस र ट्रक एक आपसमा ठोक्किदा उक्त हताहती भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण भने खुलेको छैन । प्रहरीका अनुसार घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजक छ । उनीहरू सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया