महानगर प्रहरीमाथि आक्रमण गर्ने ४ जनालाई पक्राउ गर्न प्रशासनको निर्देशन
काठमाडाैं । काठमाडौं जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्ने ४ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ ।
सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन भन्दै गएको महानगरको टोलीमाथि सांघातिक आक्रमण भएको थियो । नगर प्रहरीमाथि साङ्घातिक आक्रमण गर्नेहरूविरुद्ध काठमाडौं महानगरपालिकाले काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी गरेको थियो ।
उजुरी प्रकरणबारे महानगरले जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गराएको थियो । सोही उजुरीको आधारमा आज जिल्ला प्रशासन कार्यालयले नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा नारायण परिश्रमी, हुकुमबहादुर लामा, दीपकजंग कुँवर र राजु तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएको हो ।
उनीहरूमाथि नगर प्रहरी प्रमुखसहित सहित १८ जनालाई आपराधिक बल तथा हातहतियार प्रयोग गरी बन्धक बनाई सांघातिक आक्रमण गरी घाइते बनाएको आरोपमा अनुसन्धान अघि बढाइने प्रहरी परिसरले जनाएको छ ।
उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ८५, दफा १९६ र दफा २१२ बमोजिम कारबाही प्रकिया अघि बढाउन प्रशासनले निर्देशन दिएको हो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया