पहिलोपटक महिला रेफ्रीको कमान्डमा भोलिको विश्वकप खेल
एजेन्सी । बिहीबारको फिफा विश्वकप फुटबल एतिहासिक हुने भएको छ । ग्रुप स्टेज अन्तर्गत भोलि कोस्टारिका र जर्मनीबीचको खेलमा पहिलो पटक मैदानमा महिला रेफ्रीले कमान्ड सम्हाल्दै छन् ।
भोलिको खेलमा फ्रान्सकी स्टेफ्नी फ्रापर्टले पुरूष फिफा वल्र्ड कपमा पहिलो महिला रेफ्रीको रूपमा मैदानमा उत्रिदै छिन् ।
उनलाई ब्राजिलकी न्यूजा ब्याक र मेक्सिकोकी करेन डियाज मदिनाले सहयोग गर्नेछन् ।
सन् २०२० को च्याम्पियन्स लिगमा पनि उनले पहिलो महिला रेफ्रिको भूमिका निर्वाह गरिसकेकी छन् । ३८ वर्षिय स्टेफ्नी सन् २०१९ मा फ्रान्समा भएको युईएफए सुपर कपको फाइनलमा पनि अफिसियल रहिसकेकी छिन् ।
यस वर्षको फिफा विश्वकपमा स्टेफ्नीसँगै रूवान्डाकी सलिमा मुकान्सांगा र जापानकी योसिमी यामासिता पनि अफिसियलका रूपमा चुनिएका छन् ।
ताजा अपडेट
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?


प्रतिक्रिया