पहिलोपटक महिला रेफ्रीको कमान्डमा भोलिको विश्वकप खेल

एजेन्सी । बिहीबारको फिफा विश्वकप फुटबल एतिहासिक हुने भएको छ । ग्रुप स्टेज अन्तर्गत भोलि कोस्टारिका र जर्मनीबीचको खेलमा पहिलो पटक मैदानमा महिला रेफ्रीले कमान्ड सम्हाल्दै छन् ।
भोलिको खेलमा फ्रान्सकी स्टेफ्नी फ्रापर्टले पुरूष फिफा वल्र्ड कपमा पहिलो महिला रेफ्रीको रूपमा मैदानमा उत्रिदै छिन् ।
उनलाई ब्राजिलकी न्यूजा ब्याक र मेक्सिकोकी करेन डियाज मदिनाले सहयोग गर्नेछन् ।
सन् २०२० को च्याम्पियन्स लिगमा पनि उनले पहिलो महिला रेफ्रिको भूमिका निर्वाह गरिसकेकी छन् । ३८ वर्षिय स्टेफ्नी सन् २०१९ मा फ्रान्समा भएको युईएफए सुपर कपको फाइनलमा पनि अफिसियल रहिसकेकी छिन् ।
यस वर्षको फिफा विश्वकपमा स्टेफ्नीसँगै रूवान्डाकी सलिमा मुकान्सांगा र जापानकी योसिमी यामासिता पनि अफिसियलका रूपमा चुनिएका छन् ।
ताजा अपडेट
-
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
त्रिभुवन विमानस्थलको अध्यागमनमा खादा, माला र संस्थागत पहिचानका सामग्री प्रयोगमा प्रतिबन्ध
-
पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा
-
आगामी आर्थिक वर्षका लागि त्रिविको २८ अर्ब बजेट पारित
प्रतिक्रिया