मधेस प्रदेशकै सुरुङ्गा पहिलो बालविवाहमुक्त नगर
सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका आज मधेस प्रदेश र सप्तरीकै पहिलो बालविवाहमुक्त नगरपालिका घोषणा भएको छ ।
मधेस प्रदेशसमा बालविवाहविरुद्धको अभियान प्रभावकारी हुन नसकिरहेको परिप्रेक्ष्यमा सुरुङ्गा नगरपालिकाको सबै वडाले बालविवाहमुक्त वडा घोषणाको सूचक पूरा गरेसँगै बालविवाहमुक्त नगर घोषणा गरिएको हो ।
यो सप्तरीको मात्र नभई मधेस प्रदेशकै पहिलो बालविवाहमुक्त नगरपालिका रहेको नगर प्रमुख गीता चौधरीले बताइन ।
वडालाई बालविवाहमुक्त घोषणा गर्न स्थानीयतहमा बाल अधिकार समिति गठनसम्बन्धी कार्यविधि, बालविवाह अन्त्यसम्बन्धी रणनीति, बाल संरक्षण नीति र पालिका बालअधिकार संरक्षण समिति तथा विद्यालय र वडास्तरमा बाल अधिकार समिति क्रियाशील रहेको थियो ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया