सुनसरी–४ मा रोचक भिडन्त : एमालेविरुद्ध सञ्चारमन्त्री कार्कीलाई पुन: १५ मतको अग्रता
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी– ४ मा मतगणना रोमान्चक भइरहेको छ । झिनो मतका साथ बिहान कांग्रेसलाई एमालेले उछिनेको थियो ।
पछिल्लो मतगणना अनुसार पुनः सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् । कार्कीले ३० हजार १२० को झिनो मतका साथ अग्रता लिएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार १०५ मतले पछ्याइरहेका छन् । कार्काी १५ मतान्तरले अगाडि रहेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीवनकुमार श्रेष्ठले ३ हजार १६८ मत पाएका छन् । मतगणना अन्तिमतिर पुगेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया