युद्ध सुरु भएयता पहिलोपटक युक्रेन र रुसका विदेशमन्त्री भेट गर्दै
एजेन्सी । रुस र युक्रेनका विदेशमन्त्रीबीच टर्कीमा भेटवार्ता हुने भएकाे छ । फेबु्रअरी २४ देखि रुस र युक्रेनबीच सुरु भएको युद्धपश्चात दुई देशका समकक्षीबीच पहिलो भेट हुन लागेकाे हाे ।
रुसका विदेशमन्त्री सर्जेइ लाभरोभ र युक्रेनका दिमित्रो कुलेबाबीच बिहीबार भेट हुने रुसी विदेश मन्त्रालयले पुष्टि गरेकाे छ ।
‘लाभरोभ टर्कीकाे अन्टाल्यामा मार्च ११ बाट हुने अन्तर्राष्ट्रिय कूटनीतिक मञ्चमा सहभागी हुन जानेछन्, र युक्रेनी समकक्षी कुलेबासँग त्यही सम्पर्क गर्ने उनको योजना छ’, रुसको सरकारी स्वामित्वमा रहेको समाचार आउटलेट आरआइए नोवोस्तीले बुधबार बिहान विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभालाई उद्धृत गर्दै भनेको छ ।
टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले त्रिपक्षीय ढाँचामा कुलेबा र लाभरोभलाई टेबलमा राख्ने गरी प्रस्ताव गरेका थिए । दुई सातादेखि रुसले युक्रेनमाथि आक्रमण गरिरहेको छ । युद्ध रोक्न दुई देशबीचकाे शान्ति वार्ता चुनौति पूर्ण बन्दै गएको छ । यसमा अहिलेसम्म कुनै ठोस सहमति हुन सकेको छैन ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया