मेयरकप क्रिकेट हेर्न नगरपालिकामा २ दिन सार्वजनिक बिदा
काठमाडौं । क्रिकेट हेर्न र व्यवस्थापनका लागि भन्दै दुई दिन सार्वजनिक बिदा दिइएको छ ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिकाले मेयरकप टी-२० क्रिकेट प्रतियोगिता हेर्नका लागि फागुन २५ र २६ गतेका लागि नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
विज्ञप्ति जारी गर्दै नगरपालिले प्रतियोगिता अन्तिम चरणमा पुगेको हुँदा कर्मचारीसमेत सहभागी र व्यवस्थापनमा जुट्नुपरेकोले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।
सार्वजनिक बिदा दिन जारी गरिएको विज्ञप्तिमा नगर प्रमुख सन्तोषकुमार मेहता र उपप्रमुख हुस्ने आराको हस्ताक्षरसमेत छ ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया