नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव २२ अंकले उकालो लागेर एक हजार नौ सय ६१ दशमलव शून्य छ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८२ अंकले उकालो लागेर तीन सय ८३ दशमलव ६६ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ ।
यस्तै १० उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार कारोबार भएका दुई सय ४१ कम्पनीको ३८ लाख ६५ हजार नौ सय ६१ कित्ता सेयर एक अर्ब ३२ करोड २९ लाख ७२ हजार एक सय ८५ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको १४ करोड ४५ लाख ५६ हजार सात सय ९२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । त्यस्तै एनसिसी बैंकको संस्थापक सेयर आठ करोड १३ लाख ५९ हजार एक सय १५, हिमाल दोलखा हाइड्रोपावर सात करोड ७१ लाख ९४ हजार दुई सय ३५, हिमालयन डिस्टिलरी सात करोड दुई लाख १५ हजार आठ सय ५०, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था चार करोड ४९ लाख ६० हजार तीन सय २७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेकाअनुसार धौलागिरि लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । श्वेतगंगा हाइड्रोपावर नौ दशमलव २१, लाइफ इन्स्योरेन्स कर्पोरेशन पाँच दशमलव शून्य आठ, स्वाभिमान लघुवित्त चार दशमलव ९५ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले चार दशमलव ३९ प्रतिशतले कमाएका छन् ।
यस्तै सिटिजन म्युचुअल फण्ड एक तीन दशमलव ६४, घलेम्दी हाइड्रोपावर दुई दशमलव ६३, रुरु जलविद्युत् परियोजना दुई दशमलव ५३, सयपत्री हाइड्रोपावर दुई दशमलव ४७ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले दुई दशमलव ४० प्रतिशतले गुमाएका छन् ।
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया