नेप्से परिसूचकमा दोहोरो अंकको वृद्धि
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव २२ अंकले उकालो लागेर एक हजार नौ सय ६१ दशमलव शून्य छ मा पुगेको छ ।
यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ८२ अंकले उकालो लागेर तीन सय ८३ दशमलव ६६ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ ।
यस्तै १० उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार कारोबार भएका दुई सय ४१ कम्पनीको ३८ लाख ६५ हजार नौ सय ६१ कित्ता सेयर एक अर्ब ३२ करोड २९ लाख ७२ हजार एक सय ८५ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको १४ करोड ४५ लाख ५६ हजार सात सय ९२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । त्यस्तै एनसिसी बैंकको संस्थापक सेयर आठ करोड १३ लाख ५९ हजार एक सय १५, हिमाल दोलखा हाइड्रोपावर सात करोड ७१ लाख ९४ हजार दुई सय ३५, हिमालयन डिस्टिलरी सात करोड दुई लाख १५ हजार आठ सय ५०, नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्था चार करोड ४९ लाख ६० हजार तीन सय २७ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
नेप्सेकाअनुसार धौलागिरि लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । श्वेतगंगा हाइड्रोपावर नौ दशमलव २१, लाइफ इन्स्योरेन्स कर्पोरेशन पाँच दशमलव शून्य आठ, स्वाभिमान लघुवित्त चार दशमलव ९५ र मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले चार दशमलव ३९ प्रतिशतले कमाएका छन् ।
यस्तै सिटिजन म्युचुअल फण्ड एक तीन दशमलव ६४, घलेम्दी हाइड्रोपावर दुई दशमलव ६३, रुरु जलविद्युत् परियोजना दुई दशमलव ५३, सयपत्री हाइड्रोपावर दुई दशमलव ४७ र इन्फिनिटी लघुवित्तका लगानीकर्ताले दुई दशमलव ४० प्रतिशतले गुमाएका छन् ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया